Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डद्वारा बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन


    बुधबार, साउन ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गरेका छन्।

    आज गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको हो । यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बन्छ ।

    उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।

    यस्तै बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन । आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।

    अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार