काठमाडौँ। श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाउन सफल भएका छन्।
उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । कुशलले उनलाई पवन सर्राफको हातबाट क्याच गराए ।
टस हारेर फिल्डिङको ब्याटिङको निम्तो पाएको यूएईले १२ अोभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ । नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा भइरहेको हो । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ ।
नेपालले बुधबार आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई मौका दिएको हो ।
सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् ।
जारी उक्त प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको लज्जास्पद हार बेहोर्यो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजित भयो ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, अर्जुन साउद (विकेटपिकर), देव खनाल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, पवन सर्राफ, प्रतिश जिसी, गुलशन झा, किशोर महतो र श्याम ढकाल ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend