Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कप: यूएईविरुद्ध कुशलले दिलाए नेपाललाई पहिलो सफलता


    बुधबार, साउन ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएई ‘ए’ विरुद्ध कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाउन सफल भएका छन्।

    उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका हुन् । कुशलले उनलाई पवन सर्राफको हातबाट क्याच गराए ।

    टस हारेर फिल्डिङको ब्याटिङको निम्तो पाएको यूएईले १२ अ‍ोभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ । नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा भइरहेको हो । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ ।

    नेपालले बुधबार आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई मौका दिएको हो ।

    सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् ।

    जारी उक्त प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको लज्जास्पद हार बेहोर्‍यो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजित भयो ।

    नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, अर्जुन साउद (विकेटपिकर), देव खनाल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, पवन सर्राफ, प्रतिश जिसी, गुलशन झा, किशोर महतो र श्याम ढकाल ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार