Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु भेटियो


    बुधबार, साउन ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु भेटिएको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु भेटिएको हो ।

    उक्त शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

    पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

    उक्त भेटिएको शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए

    शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार