काठमाडौँ। नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी सभापति शेरबहादुर देउवालाई सुझावसहितको प्रतिवेदन बुझाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई सुझाव प्रतिवेदन बुझाइएको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए।
रूपान्तरण अभियानले प्रदेश भेलाबाट प्राप्त सुझाव पार्टीमा छलफलका लागि बुझाएका हुन्। गत जेठ महिनामा सातै प्रदेशमा रूपान्तरण अभियानका भेला भएका थिए।
रूपान्तरण अभियानले सुझाव प्रतिवेदन सभापति शेरबहादुर देउवालाई नै बुझाउन समय माग गरेका थिए। तर सभापति देउवाको कार्यव्यस्तताका कारण मुख्यसचिवमार्फत सुझाव प्रतिवेदन बुझाइएको हो।
यो पनि:
७ विषयले कांग्रेसका कार्यकर्तालाई चिन्तित बनाएको रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
मंसिरको चुनावमा पार्टीको लोकप्रिय मत घट्दै गएको, अस्वभाविक गठबन्धन तथा सरकार निर्माणले राजनीतिक दुर्घटना भएको, गत वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएको, भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीभित्र छटपटी र आक्रोश, भ्रातृ संस्था भद्रगोल र नीति तथा विधिविहीन तरिकाले पार्टी सञ्चालन हुनुले चिन्तित बनाएको पाइएको रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा उल्लेख छ।
पार्टीलाई यथास्थितिबाट मुक्त गर्नुपर्ने नेता गुरूराज घिमिरेले बताए। ‘समग्र रूपबाट पार्टी रूपान्तरण गर्न सकिएन भने कांग्रेसले आगामी चुनौती सामना गर्न सक्दैन भन्ने हामीले ठहर गरेका छौं,’ उनले भने, ‘हामीले सातै प्रदेश भेला गरेर आयौं। प्राप्त गहकिला सुझाव पार्टीलाई बुझाइएको हो।’
आफूहरूले गरेको कांग्रेस रूपान्तरण अभियानलाई पार्टीका तल्ला तहका संरचनाले अनुमोदन गरिदिएको पनि उनको दाबी छ।


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend