Nepal Face
  • आइतबार, १० साउन २०८३
  • योजना आयोगमा लालशंकर घिमिरे, खतिवडाको नाम बेबसाइटमा अझै राखिएन


    शनिबार, असोज ३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेलाई योजना आयोगको सदस्यको जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीबाट राजीनामा दिनासाथ डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिसकेका छन् । खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएकाले घिमिरेलाई योजना आयोगमा सेटल गर्ने पक्षमा प्रधानमन्त्री ओली छन् । घिमिरे प्रधानमन्त्री कार्यालयको सचिवबाट अवकाश भएपछि उनलाई ओलीले आर्थिक विकास सल्लाहकार बनाएका थिए । नेपाल सरकारको प्रथम श्रेणी र विशिष्ट श्रेणीबाट अवकाश पाएका प्रशासकहरुमध्ये कतिपयले प्रायः नियुक्ति पाउने गरेका छन् ।  

    प्रधानमन्त्री कार्यालयको बेबसाइटमा घिमिरेको नाम अहिले पनि आर्थिक विकास सल्लाहकारकै रुपमा छ । र, मन्त्री सरहको सुविधा पाउनेगरी नियुक्त भएका विशेष आर्थिक सल्लाहकार खतिवडाको नाम शनिबारसम्म पनि राखिएको छैन । खतिवडाको नियुक्ति २०७७ भदौ २९ को मन्त्रिपरिषद बैठकले गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार