Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


    सोमबार, साउन १ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका ११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार