Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा अध्यक्ष लिङ्देनले १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएपछि…


    सोमबार, साउन १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालकलाई प्रवेश गराएका छन् । विराटनगरका ती बालकलाई लिङ्देनले नै पार्टी प्रवेश गराएका हुन् ।

    उनले एक कार्यक्रमबीच ती बालकलाई टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए । नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ ले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ ।

    बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ मा बालबालिका विरुद्धको कसुरको व्यवस्था गरिएको छ । जस अन्तर्गत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, हड्ताल, बन्द वा जुलुसमा प्रयोग गर्न निषेध गरेको छ ।

    बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ बालबालिका विरुद्धको कसुरको उपदफा (६) मा ‘ राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम वा जुलुसमा प्रयोग गर्ने’ कामलाई बालबालिका विरुद्धको कसुर मानेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार