Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाका उपसभापति डिपी अर्याललाई धम्की दिने युवक पक्राउ


    सोमबार, साउन १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। म्यासेजमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई धम्की दिने एक युवक पक्राउ परेका छन्।

    गत असार २९ गते राति १:२६ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।

    पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्।

    परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले कालीकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ परेका उनीविरूद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार