काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर खुल्छ, ८ बजेबाटै उपचार सेवा सुरु हुन्छ । आइतबार मात्र ३ हजार १ सय बिरामीले बिहान ८ बजेदेखि नै टिकट काटेका छन् । सोमबारदेखि बिहान ७ बजे नै टिकट काउन्टर खुल्ने बताउँछन् अस्पतालका निर्देशक सन्तोष डा. पौडेल । भन्छन्, ‘टिकट काट्नेदेखि जाँच र शल्यक्रिया सेवासमेत बिहानैदेखि सुरु गरिएको छ ।’
अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरे पनि सेवाग्राहीले उपयोग गर्न भने सकेनन् । दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको डा. पौडेलले जानकारी दिए । ‘टिकटका लागि सेवाग्राहीहरू रातिबाटै लाइन लाग्न बाध्य भएको पायौं,’ निर्देशक डा. पौडेलले भने, ‘सेवालाई सहज बनाउन अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्यौं । तर, उपचार गर्न आउनेहरू सूचनाप्रविधिमैत्री भएको पाइएन । बिरामीहरूको अनलाइन सेवामा पहुँच नभएपछि बिहानै टिकट वितरण सुरु गरेका छौं ।’
साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा. पौडेलले जानकारी दिए । ‘स्वास्थ्यकर्मीले बिहानै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म जिम्मेवारी हस्तान्तरण र क्लिनिकल अडिट हुने छ,’ उनले भने ।
शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्नेरगराउने भन्दै डा. पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ । वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ ।
प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुने छ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ । यसअघि जनरल प्रतिबेड शुल्क दुई सय थियो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend