काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर खुल्छ, ८ बजेबाटै उपचार सेवा सुरु हुन्छ । आइतबार मात्र ३ हजार १ सय बिरामीले बिहान ८ बजेदेखि नै टिकट काटेका छन् । सोमबारदेखि बिहान ७ बजे नै टिकट काउन्टर खुल्ने बताउँछन् अस्पतालका निर्देशक सन्तोष डा. पौडेल । भन्छन्, ‘टिकट काट्नेदेखि जाँच र शल्यक्रिया सेवासमेत बिहानैदेखि सुरु गरिएको छ ।’
अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरे पनि सेवाग्राहीले उपयोग गर्न भने सकेनन् । दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको डा. पौडेलले जानकारी दिए । ‘टिकटका लागि सेवाग्राहीहरू रातिबाटै लाइन लाग्न बाध्य भएको पायौं,’ निर्देशक डा. पौडेलले भने, ‘सेवालाई सहज बनाउन अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्यौं । तर, उपचार गर्न आउनेहरू सूचनाप्रविधिमैत्री भएको पाइएन । बिरामीहरूको अनलाइन सेवामा पहुँच नभएपछि बिहानै टिकट वितरण सुरु गरेका छौं ।’
साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा. पौडेलले जानकारी दिए । ‘स्वास्थ्यकर्मीले बिहानै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म जिम्मेवारी हस्तान्तरण र क्लिनिकल अडिट हुने छ,’ उनले भने ।
शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्नेरगराउने भन्दै डा. पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ । वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ ।
प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुने छ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ । यसअघि जनरल प्रतिबेड शुल्क दुई सय थियो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend