Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्राध्यापक र शिक्षकलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन


    आइतबार, असार ३१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन नेपाली कांग्रेसलाई निर्देशन दिएको छ ।

    सहप्राध्यापक जगत तिमिल्सिना, राजेन्द्र गौतम लगायतलाई पार्टीको सदस्यता प्रदान गरी १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले सो निर्देशन दिएको हो ।

    आगामी दिनमा कानुन विपरीत हुने गरी सदस्यता नदिन र महाधिवेशनमा सहभागी नगराउनसमेत कांग्रेसलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार