Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा कुलोमा डुबेर ३ वर्षीया बालिकाको ज्यान गयो


    आइतबार, असार ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया। बर्दियाको राजापुर नगरपालिका-१ मनपरिपुरकी ३ वर्षीया बालिकाको कुलोमा डुबेर ज्यान गएको छ । राजापुरको नंगापुर कुलोमा डुबेर ३ वर्षीया विहान रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार छिमेकीको घर आँगनमा खेल्ने क्रममा बालिका कुलोमा डुबेकी थिइन् ।

    डुबेर अशक्त भएकी रोकायलाई स्थानीयले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्‍याएका थिए ।

    उपचारको क्रममा स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार