Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एयरलाइन्सको चाहना पूरा गर्न सरकार तयार, अब जहाजभर यात्रु राखेर उडान हुने


    शुक्रबार, असोज २ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निजी एयरलाइन्स कम्पनीको चाहना सरकारले पूरा गरेको छ । क्षमताको आधा यात्रु मात्रै राखेर उड्नु पर्ने प्रावधान तोकेको सरकारले एयरलाइन्स कम्पनको इच्छा अनुसार प्रावधान परिवर्तन गरेको छ । 

    यसअघि एयरलाइन्स कम्पनीले आधा यात्रु लिएर नउड्ने धम्की दिएका थिए । सोही धम्कीपछि नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री स्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको हो ।

    मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्‍चालन हुने भएको हो । असोज ५ गते देखि आन्तरिक हवाई सेवा सञ्चालन हुने बताइएको छ । 

    व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै जहाज नउडाउने धम्की दिएका थिए ।  सोहीकारण नै मन्त्रालयले पत्रमा सिटको संख्या नतोकेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार