Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० वर्ष नाघेकालाई स्वास्थ्य मन्त्रालयको अनुरोध- ‘घरबाहिर ननिस्कनू’


    शुक्रबार, असोज २ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन पुन: अनुरोध गरेको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूहलाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन्।

    उनले मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका बिरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरे।

    पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ।

    शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार