काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६ सय ९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, शुक्रबार नेपालमा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। संक्रमितमध्ये ४३ हजार ८ सय २० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३ सय ९० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८ सय ७१ जना घर फर्किएका छन्।