काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोनाको संक्रमण भएको जनाएको छ ।
शुक्रबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ११ हजार ४ सय ५८ को पीसीआर परीक्षण भएको र तीमध्ये २ हजार २० जनामा संक्रमण देखिएको बताए ।
पछिल्लो २४ घण्टामा ८ सय ७१ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म ४३ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ पुगेका छन् ।