Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालिमाटी प्रहरी बृत्तबाट मध्यरातमा ४ आरोपी फरार


    शुक्रबार, असोज २ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी बृत्त कालिमाटीको हिरासतबाट ४ जना थुनुवा हत्कडीसहित फरार भएका छन् । बिहीबार राति प्रहरी हिरासतबाट उनीहरु फरार भएका हुन् । प्रहरीले राति गस्तीका क्रममा चोरीको आशंकामा पक्राउ गरी ल्याएका ती चार जनालाई आइसोलेसनमा राखिएको थियो । कोरोना परीक्षण नगरी हिरासतमा राख्न नपाउने भएकाले आइसोलेसन जोनमा राखिएको थियो । राति कोरोना परीक्षण सम्भव नभएकाले आइसोलेसन जोनमा हत्कडी लगाएर राखिएका उनीहरु फरार भएका थिए । हिरासतबाट फरार हुनेहरुमाअनिल जैसवाल, सुजित गुप्ता, अशु जैसवाल र रविन्द्र जैसवाल छन् ।

    कालिमाटी बृत्तका डीएसपी अपिल बोहराले उनीहरु फरार भएको स्वीकार गरे । उनले भने–‘तरकारी र फलफूल गाडीबाटै चोरी हुने गरेको गु्नासो आएपछि राति ३ बजे गस्तीको क्रममा हिंडिरहेका उनीहरुलाई पक्राउ गरी ल्याइएको बताए । कोभिड परीक्षण नगरिएकाले आइसोलेसन जोनमै राखिएको अवस्थामा फरार भएका हुन् । थुनुवा होइनन् । चोरीको आशंकामा सोधपुछका लागि ल्याइएका हुन् ।’

    आरोपी फरार भए पनि एउडा हत्कडी प्रहरीले बरामद गरेको छ । फरार हुनेहरुको नाम र बतन समेत डीएसपी बोहराले बताउन नचाहे पनि नेपालफेसले अर्कै स्रोतबाट जानकारी प्राप्त गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार