Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


    शुक्रबार, असोज २ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मकवानपुर र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलमा ना६४प ५३०६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ७६ वर्षीय पूर्णलाल श्रेष्ठको बिहीबार बेलुका मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरीरहेको छ ।

    सप्तरी, सुरुड्गा नगरपालिका-१ तिनकुने शिशवारी चौकमा प्रदेश २-०१-००१ ह ०४०२ नम्बरको अटो चोकमा रहेको गोरुगाढामा ठोक्किएर बिहीबार बेलुका दुर्घटना हुँदा अटोमा सवार उदयपुर त्रियुगा नगरपालिका-६ बस्ने ५५ वर्षीय पुर्ण बहादुर बस्नेतको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गोरुगाढामा सवार २ जनाको सोही अस्पतालमा र अटोमा सवार अन्य ३ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार