Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कुटर चोर्ने लामा मध्यरातमै पक्राउ


    शुक्रबार, असोज २ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । मोटरसाइकल र स्कुटर चोरीका घटनामा केही बर्षयता कमी आइरहेको छ । प्रहरी सक्रियताका कारण चोरीका घटनामा कमी आइरहेको बेला साँखु प्रहरीले बिहीबार शंखरापुर नगरपालिका वडा न ६ पुकलाछी टोलबाट मोटरसाइकल र स्कुटरसहित चोरलाई पक्राउ गरेको छ ।

     मोटरसाइकल चोरी भएको सूचना राति २ बजे प्रहरी प्रभाग साँखुमा प्राप्त हुनासाथ सम्भावित नाका ब्लक गरी तत्कालै प्रहरी परिचालन गरी चोर समात्न सफल भएको छ । प्रहरीले बा ४५ प ८२४७ नम्बरको स्कुटर र बा १९ प ७२६५ नम्बरको स्कुटरसहित इलाम मानेभन्ज्याङ वडा नम्बर ७ का छिरिङ लामालाई पक्राउ गरेको छ ।

    चोरी कार्यमा सङ्लग्न अन्य समेत हुन सक्ने देखिएकाले दुबै मोटरसाइकल र पक्राउ भएका छिरिङ लामालाई थप अनुसन्धान एबम् कारबाहीका  लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको प्रहरी प्रभाग साखुका निरीक्षक गोविन्द पन्थीले पुष्टि गरेका छन् । साथै चोरी भएका दुई मोटरसाइकल मध्ये बा ४५ प ८२४७ नम्बरको स्कुटर साँखुकै महेश मानन्धरको भएको खुलेको छ । मानन्धर सम्पर्कमा आइसकेको र अर्को मोटरसाइकल कस्को हो भन्ने हालसम्म नखुलेको पन्थीले बताए । wwwसाथै केही दिनअगाडि जर्सिङपौवामा समेत मध्यरातमा जङ्गल मा एक ब्यक्तिलाई कुटपिट गरी उनको साथमा रहेको २५ हजार रकम लुटपाट गर्ने ३ जनालाई समेत साखु प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार