काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएका छन्।
बीपी कोइराला स्मृति क्यान्सर अस्पताल, चितवन, चितवन मेडिकल कलेज, क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा ५६ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।