काठमाडौँ। एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत जितका लागि नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा आज भएको उक्त खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरे। सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान गरे।
सोमपाल मैदान छिर्दा नेपालले ७ विकेट गुमाउदा ६७ रन जोडेको थियो। उनले नवौं र दशौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दा नेपालको स्कोर बढेको थियो।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। दोस्रो ओभरमा ओपनिङ ब्याटर कुशल भुर्तेल १ रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।
यस्तै कप्तान रोहितकुमार पौडेल ४ रन र भीम सार्की शून्यमा आउट भए। दुवैलाई मोहमद वासिमले आउट गरे।
अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भए लगत्तै पवन सर्राफ पनि १ रनमै आउट भए।
नेपालले ९.१ ओभरमा गर्दा ६ विकेट गुमाउदा ३९ रन मात्र जोड्न सक्यो।
कुशल मल्लले १७ रन र गुल्सन झाले १३ रन जोडे। १८ बलमा २ चौका र १ छक्का हिर्काएका कुशल तथा गुल्झन दुवैलाई मोहमद वासिमले नै पभिलियनको बाटो देखाए। कुशल बोल्ड हुँदा गुल्झन क्याच भए।
प्रतिश जिसीले २४ बलमा २६ रन जोडे। १ चौका र २ छक्का हिर्काएका प्रतिशले नवौं विकेटका लागि सोमपाल कामीसँग ७० बलमा ५८ रनको साझेदारी गरे। यहि साझेदारीका कारण नेपालको स्कोर बढेको थियो। यस्तै सोमपालले दशौं विकेटका लागि ललित राजवंशीसँग ४९ रनको साझेदारी गरे।
यस्तै बलिङमा पाकिस्तानका दहानीले ५ विकेट लिए भने वासिमले ४ विकेट हात पारे।
श्रीलंकामा हिजोदेखि सुरु एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend