Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनआरएन अभियन्ताको पहलमा नेपाललाई ५० हजार थान स्वास्थ्य किट्स


    शुक्रबार, असोज २ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जापानको फुजिरेबायो कम्पनीले नेपाललाई ५० हजार थान स्वास्थ्य किट्स दिने भएको छ । हालसम्म कम्पनी ७ हजार थान किट्स नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 
     
    सो कम्पनीले एन्टिजेन किट्स-२ र सार्स कर्ड-२ नामको स्वास्थ्य किट्स हस्तान्तरण गरेको हो । कम्पनीले सो स्वास्थ्य किट्स आफैंले उत्पादन गरेको हो । यो किट्सको सहयोगले ३० मिनेटमै कोरोना संक्रमण भए/नभएको यकिन गर्न सम्भव हुने बताइएको छ ।  यी किट्सको बजार मूल्य ३ करोड रुपैयाँ रहेको बताइएको छ।
     
    कोरोना महामारीसँग जुधिरहेको सरकारलाई सहयोग दिलाउनका लागि भने एनआरएन अभियन्ताले पहल गरेका हुन् । जापानमा ३५ वर्षदेखि बस्दै आएका एनआरएन अभियन्ता कपिलदेव थापाको पहलमा ती स्वास्थ्य किट्स नेपालले पाएको हो । 
     
    अभियन्ता थापाले जापानको फुजिरेबायो इन्कसँग पहल गरी नेपालका लागि ५० हजार थान स्वास्थ्य किट्सको व्यवस्था गराएका हुन् । थापा अहिले जापानस्थित ग्लोबल ट्रेडिङ कम्पनीको निर्देशकका रुपमा काम गर्दै आएका छन् । 
     
    उनले फुजिरेबायो इन्कका अध्यक्ष गोकी इशिकावासँग पहल गर्दै सो स्वास्थ्य सामग्रीको पहिलो लट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । पहिलो लटमा ७ हजार थान किट्स हस्तान्तरण गरिसकिएको थापाले जानकारी दिए ।
     
    ग्लोबल नेपालका प्रतिनिधि प्रशान्त राणा, अन्जना शाही र जनदीशचन्द्र केसीले पहिलो लटको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीमप्रसाद सापकोटा, वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
     
    118474813_1724084731099772_5089533983761393384_n.jpg
     
    छोटो समयमै कोरोना संक्रमण पत्ता लगाउन मिल्ने यो किटका लागि ठूलो मेसिनको आवश्यक नपर्ने र यसलाई सहजै जता पनि लग्न सकिने कमुपनीले जनाएको छ । यसको परीक्षण विधि पनि सजिलो रहेको कम्पनी दावी छ । 
     
    यी स्वास्थ्य सामग्रीहरु भने नेपाल एयरलायन्सले नारिताबाट निशुल्क ल्याइदिएको थापाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार