Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई चिकित्सक संघको आग्रह, ‘डा. गोविन्द केसीको जीवन रक्षा गर’


    शुक्रबार, असोज २ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । डा. केसीले जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दीरमा गत भदौ २९ गतेदेखि १९औं सत्याग्रह सुरु गरेका हुन् ।

    सरकारले पाँच दिनदेखी अनसनरत डा. केसीका माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै संघले जीवन रक्षाको माग गरेको हो ।

    ‘६० वर्ष पूरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधराणको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक-पटक सत्याग्रह गर्नुपरेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको व्यहोरा सबैमा विदितै छ,’ विज्ञप्तिमा भनिएको छ ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार