काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीलाई ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ ।
करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् । कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ । सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५ भन्दा बढी किचेन रुम छन् ।
‘नार्कमा २० बढी कृषिका वैज्ञानिकका साथै ७० जना बढी कर्मचारी कार्यरत छन् । तर हाकिमपिच्छेका ती किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो कि किन हो त्यो त थाहा छैन । मिठो खानलाई त ठीक छ तर काम गर्नलाई ठीक छैन,’ कोठैपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने ।
नार्कका कार्यकारी निर्देशक डा। ध्रुवराज भट्टराईले कर्मचारीबाट विभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिनाअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक वैज्ञानिकको संस्थाका रूपमा रूपान्तरण गर्ने काम तीव्र गतिमा गरिरहेको उनले बताए ।
नार्कमा कार्यरत वैज्ञानिक एवं कर्मचारी सुविधा सम्पन्न बैठक कक्ष, सबै अनुसन्धान केन्द्रहरूबाट प्रविधि विकास एवं किसानलाई दिँदै आएका सुविधा चुस्तदुरुस्त, गुणस्तरीय, छिटोछरितो हुनेगरी व्यवस्थित बनाउने कार्यमा आफू लागेको भट्टराईले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्। उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend