Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला फुटबल: आज नेपाल र बंगलादेश भिड्दै


    बिहिबार, असार २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज (बिहीबार) बंगलादेशसँग भिड्ने भएको छ ।

    खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् ।

    त्यसबेला काठमाडौंमै घरेलु टोली नेपाललाई ३-१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।

    यस पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ । साफपछि नेपालले भारतले दुई मेत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल खेलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार