काठमाडौं। बीएससीको नक्कली प्रमाणपत्र पेश गरेर लाभ र सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मोरङको श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको हो।
भारतको गयाबाट बीएससी उत्तीर्ण गरेको भन्दै झुटो शैक्षिक प्रमाणपत्र पेश गरेर अस्थायी हुँदै स्थायी शिक्षक पदमा नियुक्ति भएर लाभ र सुविधा लिएको पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
शिक्षक मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ । उक्त...
काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा...
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको...
काठमाडौँ। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान ८:५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend