Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न जाने टोलीको बिदाइ


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो।

    इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । टोली आजै श्रीलंका प्रस्थान गर्ने छ ।

    नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

    नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार