Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पतालबाट शशांकको सन्देश: चिन्ता लिनुपर्दैन, दुई/तीन दिनमा डिस्चार्ज हुन्छु


    बिहिबार, असोज १ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केही दिनमा डिस्चार्ज हुने बताएका छन् ।

    बिहीबार बिहान ओम अस्पतालको आइसोलेशन बेडबाट एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिनमा डिस्चार्ज हुने बताएका छन् ।

    ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु’उनले भने, ‘तपाईहरुले चिन्ता गर्नु पर्दैन म दुई/तिन दिन अस्पतालमा बसेर डिस्चार्ज हुन्छु ।’

    कोइरालालाई निमोनियाको संक्रमण देखा परेको छ। डाक्टर कोइरालालाई क्लिनिकल ट्रायल अर्थात परिक्षणको रुपमा रहेको औषधि रेमडेसिभिर समेत चलाइएको छ। 

    ज्वरो आएपछि कोइरालालाई उपचारको लागि भदौ ३१ गते बिहान ६ बजे ओम अस्पतालमा भर्ना गरिएको थियो। ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको छ। महामन्त्रीको उपचार डा कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट, डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टोलीले गरिरहेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार