Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • अस्पताल भर्ना भएको एक घण्टामै कोरोना संक्रमितको मृत्यु


    बिहिबार, असोज १ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक जना वृद्धको मृत्यु भएको छ।

    विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका ६ का ६६ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो। उनी गएराति ११ बजे अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा राति १२ बजे मृत्यु भएको थियो।

    उनको मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो। बिहीबार बिहान आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको अस्पतालका आइसोलेशन संयोजक डा.लक्ष्मीनारायण यादवले बताए। उनी गम्भीर अवस्थामा अस्पताल भर्ना भएकाे डा. यादवले बताए। ढिला गरि अस्पताल पुगेकाले बचाउन नसकिएकाे उनकाे भनाई छ।

    उनलाई ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो। योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार