Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन


    बिहिबार, असोज १ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । 

    इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० वजे पहिरो खसेको थियो ।  

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बिहान ८ः४० बजेबाट सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । 

    सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार