Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • कांग्रेस महामन्त्री शशांकको स्वास्थ्यमा सुधार


    बिहिबार, असोज १ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणका कारण ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधार हुँदै गएको छ।

    कांग्रेस महामन्त्री कोइरालाको ज्वरो नियन्त्रणमा आइसकेको र अक्सिजनको जरुरी समेत नपरेको अस्पताल स्रोतले बताएको छ।

    बुधबार ज्वरो बढेकाले उनलाई अस्पताल लगिएको थियो । अस्पतालले आईसीयूमा राखेर उपचार सुरु गरेको थियो । अहिले भने उनको अवस्था सुधार भएको हो । आज बिहान उनले सामान्य खाना खाएको र ज्वरो नियन्त्रणमा आएको बताइएको छ । 

    उनलाई आज वा भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको अस्पताल स्रोतको दावी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार