Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगलागीबाट घर जलेर नष्ट


    बिहिबार, असोज १ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

    घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार