काठमाडौं । सरकारले विभिन्न ठेकेदार कम्पनीको प्रभावमा परेर अपारदर्शी रूपमा सयौं ठेक्काको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक सयांै ठेक्काको म्याद थप्ने निर्णय गरेको हो । समयमा काम सम्पन्न नगरी लामो समयदेखि निर्माण कार्य रोक्दै आएका निर्माण व्यवसायीलाई कारबाही गर्नुको साटो उनीहरूकै प्रलोभनमा परेर उल्टो म्याद थप गर्ने कार्य गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले निश्चित मापदण्ड बनाएर मात्रै ठेक्काहरूको म्याद थप्नुपर्ने बताए पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक खरिद कार्यालयको सुझावलाई बेवास्ता गर्दै हचुवाका आधारमा म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । यो विषयलाई भने गुपचुप राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
‘निर्माण व्यवासायीहरू विभिन्न सूत्रको प्रयोग गरी पटकपटक म्याद थप गराउन सफल हुँदै आइरहेका छन् । उनीहरू प्रभावशाली व्यक्तिहरूसम्म पुगेर अनेकन प्रलोभन पारेको स्रोतको दाबी छ । राजनीतिक र प्रशासनिक दुवै नेतृत्वलाई प्रभावमा पारी ठेकेदार कम्पनीले फेरि ठेक्काको म्याद थप्न सफल भएका छन्, यसमा ठूलो चलखेल छ’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक अधिकारीले भने । यस कार्यमा धेरै विकासे मन्त्रालयका सचिवहरूको समेत मिलिमतो रहेको बताइएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय ठेक्काको होलसेलमा म्याद थप्न नहुनेमा दृढ रहँदै आएको छ तर मन्त्रिपरिषद्बाट भने होलसेल प्रकृतिकै रूपमा म्याद थपको निर्णय भएको बताइएको छ । स्रोतका अनुसार म्याद थप भएकामा सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, सिँचाइ मन्त्रालय तथा खानेपानीलगायत प्राविधिक मन्त्रालय र मातहतका निकायमा ठेक्का बढि छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend