Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बागमती प्रदेशको बजेट पारित


    बिहिबार, असार २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । आज भएको प्रदेशसभा बैठकले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट पास गरेको हो ।

    बजेटको सन्दर्भमा असार १२ गतेबाट भएको छलफल दुई दिनको सदन अवरुद्धसँगै असार १७ बाट नियमित छलफल भएको थियो । बजेटलाई जनमुखी नबनाइएको, प्रतिपक्ष दलहरुलाई निषेध गरिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपा र नेपाल मजदुर किसान पार्टीले दुई दिनसम्म सदन अवरुद्ध गरेका थिए । त्यसपछि सरकारले प्रतिपक्ष दलको छुटेका योजनालाई समावेश गर्ने सहमति गरेपछि असार १७ बाट बैठक नियमित सञ्चालन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार