काठमाडौँ। दिनप्रतिदिन तौल बढ्नु वा मोटोपन आफैमा एक समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । मोटोपन र शरीरको वजन बढनु ऊर्जाको सेवन र ऊर्जाको उपयोगका बीच असंतुलनको कारण हुन्छ।
अव्यवस्थित खानपान तथा जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले धेरै रोग निम्त्याउने जोखिम रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि हामी सजग हुनुपर्छ । यसका लागि शरीरमा मोटोपन बढ्नुको कारण पहिल्याउनुपर्छ । आफ्नो हाइटअनुसार तौल छ वा छैन भन्ने जानकारी लिनु जरुरी छ ।
– हिजोआज बच्चैदेखि जंकफुड खाने चलन बढेको छ । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा मोटोपन हुने गर्छ । त्यसैले सकेसम्म घरमै पकाएका स्वस्थ खानेकुरा खानुपर्छ । जंकफुड कम प्रयोग गर्नुपर्छ ।
ad
– कार्बाेहाइड्रेटको मात्रा कम भएका खानेकुरा खानुपर्छ । झोलिलो र पोषक खानेकुरा धेरै खानुपर्छ । झोलिलो पदार्थ जुस, सुपलगायत धेरै खानुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा खानुहुँदैन । बेलुकीको खाना हल्का लिनुपर्छ ।
– विशेषगरी, टेबल वर्क गर्नेहरूको शारीरिक कसरत निकै कम हुन्छ । उनीहरू व्यायामका लागि पनि समय निकालिरहेका हुँदैनन्, जसकारण तौल बढ्न थाल्छ ।
– हामीले शारीरिक क्रियाकलापलाई जोड गर्नुपर्छ । मर्निङवाक गर्ने, योग अभ्यास गर्ने, जिम जाने गर्नुपर्छ । त्यस्तै, स्विमिङ, साइक्लिङ गर्ने वा फुटसल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेल खेल्न सकिन्छ ।
– घरको सामान्य क्रियाकलापमा सक्रिय हुनुपर्छ । यसले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend