Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित


    मंगलबार, असार १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत नेपाल आयरल्याण्डसँग पराजित भएको छ । मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो ।

    आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले आठौं वरीयता प्राप्त गरेको छ । आयरल्यान्डले भने सातौं वरीयता पाएको छ ।

    टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९।२ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार