काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।
यूएईले दिएको एक सय ८२ रनको लक्ष्य नेपालले ४३।२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७९ रन बनाए ।
कुशल भुर्तेलले ३५ रन जोडे। ६३ रन जोडदा ६ विकेट गुमाएको नेपालका लागि दिपेन्द्रले शानदार प्रदर्शन गरेका हुन् । उनले सातौँ विकेटका लागि गुल्सन झासँग ४३ र आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग अविजित ७९ रनको साझेदारी गरेका थिए। गुल्सनले १२ र सन्दीपले रन बनाए ।
त्यसअघि ज्ञानेन्द्र मल्ल १३ र कप्तान रोहित पौडेलले ४ रन मात्र जोड्न सकेका थए भने विकेटकिपर अर्जुन साउद, भीम सार्की र आरिफ शेख समान १ रनमा आउट भएका थिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend