Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियालाई नेपालले दियो २५३ रनको लक्ष्य


    मंगलबार, असार १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अहिले भइरहेको एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा उपाधि जित्नका लागि नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ।

    पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन जोड्यो । नरेन भट्टले अविजित एक सय १२ रन बनाए।

    तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए। उनले ८९ बलमा २ छक्का र १० चौका प्रहार गरेका छन्।

    नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो।

    निरज कुमार यादवले ४७ रन बनाए। लिग चरणमा यी दुई टोली भिडेकामा मलेसिया ९९ रनमा समेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार