काठमाडौँ। हाम्रो शरीरको वाहिरी पत्र छाला हो, जो स्वस्थ्य र सुन्दर हुन निकै आवश्यक छ । तर, बाह्य संक्रमणले चाढै प्रभावित हुने भाग पनि छाला नै हो । छालाको अनेक समस्या हुन्छन् । त्यस्ता समस्याका निदान पनि खोजिरहेका हुन्छौं । तर, प्रभावकारी रुपमा त्यसको निदान भएको हुँदैन ।
यसैगरी हाम्रो छालामा प्रदूषणले विभिन्न असर पुर्याइरहेको हुन्छ । तनाव एवं थकानले पनि असर पुर्याउँछ । अनुहारमा पनि यसको असर देखिन्छ । त्यसैले छालाको स्याहारमा हामीले ध्यान पुर्याउन जरुरी छ ।
यदि छाला स्वस्थ्य, चम्किलो र मुलायम छ भने, बुझ्न्पर्छ स्वास्थ्य ठिक छ । तर, छालामा कुनै संक्रमण, दाग आदि समस्या देखियो भने, कुनै न कुनै समस्या हुनसक्छ ।
छाला रोगको लक्षण र गंभिरतामा भिन्नता छ । यो अस्थायी र स्थायी हुन्छ । दुख्ने र नदुख्ने हुन्छ । कतिपय अवस्थामा यो आनुवांशिक पनि हुनसक्छ । कहिले काहिँ छालाको विकार एकदमै सुक्ष्म पनि हुनसक्छ, जो जीवनका लागि खतरनाक हुनसक्छ ।
बिहान मनतातो पानीले मात्रै मुख धुने गर्नुपर्छ, त्यसपछि सनब्लक नियमित लगाउनुपर्छ । यसले घाम र प्रदूषण दुवैबाट बचाउँछ ।
बाहिरबाट आएपछि साँझ फेसवास र मनतातो पानीले मुख धुने गर्नुपर्छ ।
चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । पर्याप्त पानी पिउने गर्नुपर्छ । बाहिर निस्कँदा मोस्चराइजर क्रिम र सनब्लक अनिवार्य लगाउनुुपर्छ । फलफूल खाने गर्नुपर्छ । यसले छालाको सुक्खापन कम गर्छ ।
छाला एवं छालाको प्रकार
– रुखो छाला
-तैलिया छाला
-चिकन पक्स
-एक्जिमा
-रोजेशिया (अनुहार रातो हुने)
– सिबोर्हिक डर्मेटाइटिस
– छाला रोग
-सेतो दाग
-इन्पटिगो
-छालाको क्यान्सर
– तिल
-मुसा
-डन्डिफोर
-दाद
-चिलाउने
आदि
के हुन्छ लक्षण ?
– रातो वा सेतो दाग देखापर्नु
-छाला चिलाउने
-छालाको पत्र उप्किने
– अल्सर
-सुख्ख वा रुखो हुने
-छालाको रंग बिग्रनु
किन हुन्छ छालाको संक्रमण ?
१. छालाको रोम छिद्र, रौंमा रहेको ब्याक्टेरिया
२. छालामा हुने सुक्ष्मजीव
३. भाइरस
४. प्रतिरक्षा प्रणालीको कमजोरी
५. एलर्जी गराउने पदार्थ वा कुनै अर्को व्यक्तिको संक्रमित छालाको सम्पर्कमा आउनु
६. अनुवांशिक कारक
७. थाइराइड, प्रतिरक्षा प्रणाली, मृगौला लगायत शरीर प्रणाली प्रभावित गराउने रोग
छालाको संक्रमण
१. व्याक्टेरियाबाट हुने छालाको संक्रमण– यो संक्रमण तब हुन्छ, जब छालामा घाउको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।
२. भाइरसबाट हुने छालाको संक्रमण– सबैभन्दा आम भाइरस तीन समूहमा हुन्छ । पाक्सभाइरस, ह्युमन पापिलोमायभाइरस, हर्पीस भाइरस ।
३. फंगल संक्रमण– शरीरको रसायन र जीवन शैली फंगल संक्रमणको कारण बन्छ ।
सावधानी अपनाउने
१. साबुन र तातो पानीले हात धुनुपर्छ । अर्थात हातको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ ।
२. खाने र पिउने भाँडावर्तन अरुसँग शेयर नगरौं ।
३. जसको छालाको संक्रमण छ, उनीहरुसँग सोझो सम्पर्कमा रहनु हुँदैन ।
४. सार्वजनिक स्थान, जस्तो जिम उपकरण, प्रयोग गर्नुअघि सफा गरौं ।
५. व्यक्तिगत सामान, जस्तो कम्बल, स्विम सुट आदि अर्को व्यक्तिसँग सेयर नगरौं ।
६. प्रत्येक रात कम्तीमा सात घण्टा सुतौं ।
७. पर्याप्त पानी पिउनुपर्छ ।
८. अत्याधिक शारीरिक तथा भावनात्मक तनावबाट बचौं ।
९. पौष्टिक आहार लिने गरौं ।
यस्तै डार्क स्किनलाई कस्तो स्याहार ?
घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ ।
अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend