काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यसमध्ये काठमाडौंका ५ सय ५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८३ जना छन्।
अहिलेसम्म काठमाडौंमा १० हजार २८ जना, ललितपुरमा १ हजार १ सय ९१ जना र भक्तपुरमा १ हजार २९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबारमात्रै एक हजार ६२ जना निको भई घर फर्किसकेका छन् भने थप ११ जनाले ज्यान गुमाएका छन्।