Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आज थपिए १४ सय ५९ कोरोना संक्रमित, अहिलेसम्म ५६ हजार ७८८ जनामा संक्रमण पुष्टि


    मंगलबार, भाद्र ३० २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टायता थप १ हजार ४ सय ५९ नयाँ संक्रमित थपिएका छन्। हालसम्म ५६ हजार ७ सय ८८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

    हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ छ । यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेशनमा छन्। ७ हजार ६ सय ४० जना होम आइसोलेशनमा छन्। 

    आज १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्‍वारेन्टिनमा ७ हजार २ सय ५०  छन्। 

    यस्तैगरी आज १ हजार ६२ जना निको भएर घर फर्किएका छन्। हालसम्म ४० हजार ६ सय ३८ जना निको भएका छन्। यो ७१ दशमलव ५ प्रतिशत हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार