काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले लामो समयदेखि काजमा कार्यरत सादा पोशाकका प्रहरीलाई दरबन्दीमै फर्काउने क्रम मधेश प्रदेशको डीआईजी हुँदा सुरु गरेका थिए । आइजीपी भएपछि पनि उनले संगठनभित्र आन्तरिक शुद्धिकरण गर्न सुक्ष्मरुपमा एआईजीको नेतृत्वमा सातै प्रदेशमा अनुगमन टोली खटाएका थिए ।
सादा पोशाकमा सूचना संकलन गर्न खटाइने जनशक्तिको दुरुपयोग हुने गरेको र जिल्ला र थानाचौकीका इन्चार्जले उनीहरुलाई अतिरिक्त कमाइका लागि दुरुपयोग गरेकोबारेमा धेरै गुनासाहरु आएपछि आईजीपी कुँवरले लामो समयदेखि कार्यरत र दरबन्दी अन्यत्र भएका प्रहरीलाई काजफिर्ता वा सरुवा गरेका छन् ।
मधेश प्रदेशमा अनुगमनमा खटिएकी एआईजी मिरा चौधरीले पर्साका बरिष्ठ सई विनोद सिंह, बाराका सागर राणासहित २९ जना लामो समयदेखि कार्यरत प्रहरीलाई सरुवा गर्न सिफारिस गरेकी थिइन् । जुन सिफारिस अनुसार सरुवा भइसकेको छ । यद्यपि एआइजी चौधरीले बाराको गंगापुरका असई वीरेन्द्र यादवलाई भने विवादित र लामो समय घुमुवा बसेका भए पनि उनलाई सरुवा गर्न सिफारिस गरेकी थिइनन् । बरु तिनै असई यादवलाई गाडीमा राखेर उनले मधेश प्रदेशको अनुगमन गरेको आरोप छ ।
वीरेन्द्रकै सिफारिसमा उनले अरु केही विवादित र बदनाम सादा पोशाकका घुमुवाहरुको सरुवाका लागि सिफारिस नगरेको आरोप छ । एआईजी चौधरी मकवानपुर र बाराको एसपी हुँदा वीरेन्द्र यादव उनले परिचालन गरेका घुमुवा थिए । वीरेन्द्र यादवका बारेमा प्रमाणसहितको गुनासो एआईजी चौधरीलाई गर्दा समेत उनले संरक्षण गरेको आरोप छ ।
त्यसैगरी, महोत्तरीका एसपी प्रकाश मल्लले राखेका सादा पोशाकका असई राजेश यादवलाई समेत उनले सरुवा सिफारिस गरेकी छैनन् । उनी पनि लामो समयदेखि महोत्तरीका नाका नाकामा तस्करसँग सेटिङ गर्ने र हाकिमलाई खुसी पारी टिकिरहेका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनमा लामो समय कार्यरत सादा पोशाकका हवल्दार सुरेन्द्रकुमार साहलाई आईजीपी कुँवरकै शुद्धिकरण अन्तर्गत गएको चैत अन्तिममा दंगागण हेटौंडामा सरुवा गरिएको थियो । तर बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी किरण राणाले ३ महिनामै उनलाई मकवानपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएकी छन् । जिल्ला प्रहरी कार्यालय मकवापुरका एसपी वामदेव गौतमको समेत सल्लाहमा उनलाई डीआईजी राणाले ल्याएर सादा पोशाकमा परिचालन गर्ने तारतम्य मिलाइएको छ । आईजीपी कुँवरको निर्देशनमा साहलाई गणमा सरुवा गरियो, तर डीआईजी राणाले उनलाई तीन महिनामै जिल्लामा ल्याएर पुनः सादा पोशाकमै खटाएकी छन् ।
प्रदेशको प्रमुखमा सरुवा भएपछि आफूलाई कडा रुपमा प्रस्तुत गर्दै आएकी बागमती प्रदेशका डीआईजी किरण राणाले साहलाई सुरुमा गणमा तानेर अहिले सट्याकसुटुक जिल्लामा लगेकी छन् ।
दर्जाले हवल्दार भए पनि सुरेन्द्रकुमार साह चितवन र मकवानपुर दुवै जिल्लाका प्रहरी प्रमुख मात्र होइन, प्रदेश हुँदै प्रहरी मुख्यालयको उच्चतहसम्मै सेटिङ मिलाउन सक्षम मानिन्छन् ।
त्यसैगरी, मकवानपुरमा ९ बर्षदेखि सादा पोशाकमा खटिएका असई नवीनकुमार थापा पनि डीआईजीका निकटस्थहरुसँग मिलाएर पुनः साविककै जिम्मेवारीमा फर्कने दाउमा रहेको समाचार छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend