Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखामा एक घरबाट ५४ किलोको क्वाज क्रिष्टल ढुंगा बरामद


    बिहिबार, असार १४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गोरखा नगरपालिका-७ सतिपिपलस्थित एक घरबाट ५४ किलोको क्वाज क्रिष्टल ढुंगा बरामद गरिएको छ । गरगहना बनाउन बहुमूल्य धातुको रुपमा प्रयोग हुने उक्त ढुंगा महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको प्रहरीले बताएको छ ।

    बिहीवार बिहान प्रहरी निरिक्षक रविन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वाज क्रिष्टल भन्ने खुल्न आएको र थप परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार