काठमाडौँ । देशका विभिन्न स्थानमा दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित सडकमा क.प्र.०२-००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको छ । मंगलबार राति उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बाँकेको बैजनाथ गाउँपालिका-५ दल्लिपुरस्थित सडकमा भे.१ त ९५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २४ वर्षीय शिव कुमार यादवको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका-६ बद्रौवरस्थित सडकमा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल र युपि ५५ वाई २११३ नम्बरको मोटरसाइकल बुधबार राति एकआपमा ठक्कर खाई दुर्घटना हुँदा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल चालक बिजयनगर गाउँपालिका-२ मधवानगर बस्ने २७ वर्षीय गिरीजा बाबु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend