काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सापकोटाको सरुवा गरेको हो ।
सापकोटालाई अर्को निकाय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिनेगरी फकाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । तर उनलाई सम्पत्ति शुद्धिकरणमा समेत लाने पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नरहेको बताइन्छ ।
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री प्रचण्डका निजी सचिव नवराज ढुंगानालाई सरुवा गरिएको छ ।
सापकोटालाई साढे ४ महिनाअघि राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको थियो । सापकोटा भन्दा अघिका महानिर्देशक मदन दाहाललाई ३ महिनामै तानिएको थियो । दाहालले नेपाल इन्भेष्टमेन्ट बैंकको राजस्व छलीको छानबिन गर्न थालेपछि ज्योति पाण्डेसहितका केही ब्यापारीले ३ महिनामै सरुवा गरेको चर्चा भएको थियो ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend