Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरदेसाई राष्ट्रिय गल्फ टिमको मुख्य प्रशिक्षक नियुक्त


    सोमबार, असार ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल गल्फ संघले आसन्न १९औं एसियाली खेलकुदका लागि भारतका तरूण सरदेसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच भएको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले स्वीकृत गरेको हो ।

    सरदेसाईले प्रशिक्षण गरेबापत कुनै शुल्क नलिने गरी सम्झौता भएको गल्फ संघले जानकारी दिएको छ । सम्झौताअनुसार असोज ६ देखि २१ सम्म चीनको होङझोउमा हुने एसियाली खेलकुदसम्म सरदेसाईले चार पुरुष र दुई महिला खेलाडी रहेको नेपाल गल्फ टिमलाई प्रशिक्षण दिनेछन् ।

    नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार