Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


    सोमबार, असार ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ ।

    हिजो अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.२५ रुपैयाँ कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७९ पैसामा कारोबार गर्ने अनुमति दिएको थियो ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा, दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ १ पैसा र बिक्रीदर १० रुपैयाँ ५ पैसामा कारोबार हुनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार गर्न अनुमति दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार