Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गगन भन्छन्- प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली नराखौं


    शनिबार, असार ९ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन्।

    आज काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली बदल्नुपर्ने वेला भएको बताएका छन्। संसद्लाई समावेशी बनाउन अहिलेको समानुपातिक निर्वाचन प्रणाली अपनाइएको उनको भनाइ थियो।

    अन्य उपायले पनि संसद्लाई समावेशी बनाउन सकिने उनको भनाइ थियो। “संसद्लाई समावेशी बनाउन यस्तो निर्वाचन प्रणाली बनाएका हौं,” थापाले भने, “संसद्लाई समावेशी बनाऔं, निर्वाचन प्रणाली बदलौं।”

    उनले प्रतितिधि सभामा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने जिकिर गरे। “प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली नराखौं,” थापाले भने, “१६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्र महिलाका लागि रिजर्भ गरौं। त्यसमा सबै पार्टीको महिला मात्रै लड्नुहुन्छ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार