Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्री बस्नेतको चेतावनी


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रवार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

    मन्त्री बस्नेतले अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति लिँदा १० प्रतिशत उपचार विपन्न, गरिब, असहाय, बेवारिसे बिरामीहरूलाई निःशुल्क गर्न गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनले दशकौँदेखि सो सम्झौता कार्यान्वयन हुन नसकेको अवस्थामा आफू स्वास्थ्य मन्त्रालयमा आएसँगै कार्यान्वयन हुन थालेको जिकिर गरे ।

    मन्त्री बस्नेते आफू सुर्तीजन्य पद्धार्थमा कर बढाउनका लागि लागिपरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार