काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा एकपछि अर्को सफलता हासिल गरेको छ । एसएसपी डा. मनोजकुमार केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएपछि नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी गिरोह समातियो । नक्कली भूटानी शरणार्थी प्रकरण खोतल्दै जाँदा देशका गृहमन्त्री, बहालवाला सचिवदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिवसहित १६ जना हाईप्रोफाइलहरु पुर्पक्षका लागि जेलमा पुगेका छन् ।
एसएसपी केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले हालै अनलाइन बेटिङमा संलग्न ८ जना पक्राउ गरेको छ । अनलाइन बेटिङ प्लेटफर्ममार्फत् सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले एकपछि अर्को सफलता पाउँदै गर्दा जटिल र गहन प्रकृतिका अपराध अनुसन्धानका लागि गठन भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) भने सुस्त देखिएको छ ।
सरकारले गएको चैत २० गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र पूर्व डीआईजी गणेशबाबु अर्याल सदस्य रहेको समिति बनाएर मिटर ब्याज पीडितको समस्या समाधान गर्नेगरी प्रतिवेदन तयार गरिरहेको छ ।
मिटर ब्याज पीडितको समस्या समाधानका लागि सरकारले समिति नै बनाएको अवस्थामा सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य भने १०–२० लाखका त्यस्तै प्रकृतिका उजुरी लिंदै अनुसन्धान गर्दैआएकी छन् । सीआईबी सहकारी र मिटरब्याजका खुद्रा काममा अल्झिदा जटिल प्रकृतिका अपराध अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय आक्रामक रुपमा उत्रिएको छ ।
नेपाल प्रहरीले ठूला र जघन्य अपराध अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) गठन गरेको थियो । सीआईबीले विगतमा अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी), ३३ किलो सुन काण्ड, विभिन्न जघन्य अपराधका घटनादेखि पछिल्लो समयमा ५ अर्ब ६३ करोड ठगी गरेको अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ८ बर्ष जेल सजायको माग गर्र्दै मुद्दा दायर गरेको थियो । शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने चिकित्सकहरुलाई पक्राउ गर्ने कार्यसमेत भएको थियो ।
जीबन बिमा कम्पनीबाट रकम हत्याउनका लागि सर्जन विकको हत्या गर्ने सपना मल्लसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । मल्लसहितका ६ जनाले सुरुमा विकको वीमा गरी पछि हत्या गरेर बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend