काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३-१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो ।
भारतको बैङ्लुरुस्थित श्री कान्ताराभा स्टेडियममा भएको खेलको २३औं मिनेटमा कप्तान खालिदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । सुरुआतदेखि नेपालमाथि दबाब बनाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल थप्यो । सहबाहिब अलखादिलले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । दोस्रो हाफमा पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेपनि ६५औं मिनेटमा मोहमद अब्दुल्लाहको गोलमा ३(० को अग्रता बनायो ।
डिफेन्डर अनन्त तामाङको ह्यान्ड बलमा कुवेतले पेनाल्टी पाएको थियो । सोहि अवसरलाई सदुपयोग गर्दै अबदुल्लाहले गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै अन्जन बिष्टले गोल फर्काएपनि नेपालको जितका लागि पर्याप्त बन्न सकेन । त्यसअघि, खेलको ५७औं मिनेटमा अन्जन बिष्टले करिब २० यार्डबाट दिएको क्रसमा सनिस श्रेष्ठको हेडर फ्रेममा नपर्दा नेपालले गोल फर्काउने अवसर गुमाएको थियो ।
नेपालले ८७औं मिनेटमा पुनः गोल गर्ने अवसर खेर फालेको थियो । ८७औं मिनेटमा सब्सिट्युट खेलाडी आभाष लामिछानेको क्रसमा आयूष घलानको हेडरले पोष्टको दिशा लिन सकेन । नेपालले यसअघि खेलेका ९ खेलमै कुवेतविरुद्ध एक पनि जित निकाल्न सकेको छैन । ८ खेलमा हार बेहोरेको नेपालले एक खेल बराबरी गरेको थियो ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend